हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी, ३ वैशाख  । कैलालीमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ । धनगढी स्थित सेती  प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरकी एक जना वृद्ध  महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएको अस्पतालले जनाएको छ ।

Advertisement

अस्पतालका वरिष्ट जनरल फिजिसियन डा। शेरबहादुर कमरका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।

Advertisement

चैत २६ गते कारोना संक्रमण पुष्टि भएकी ती महिलालई आईसियुमा राखिएको थियो । उनी मुटु सम्बन्धी समस्या लिएर २४ गते अस्पताल भर्ना भएकी थिइन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)