हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

शनिबारदेखि प्रहरी रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’मा समस्या आएको छ । सिस्टम अपग्रेड गर्ने क्रममा शनिबारदेखि नै आएको समस्या अहिलेसम्म पनि समाधान हुन नसकेपछि सेवाग्रहीलाई समस्या भएको छ ।

Advertisement

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले ‘अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली’मा समस्या आएको राससलाई बताउनुभयो । उहाँले भन्नुभयो, “सिस्टम अपग्रेड गर्ने क्रममा नेटवर्किङका कारण समस्या आएको छ, प्राविधि टोलीले काम गरिरहेका छन्, प्राविधिक कुरा कतिबेला बन्द भन्न सकिन्न, सम्भवतः आज समस्या समाधान हुन्छ होला ।”

Advertisement

उक्त नेटवर्किङमा आएको समस्याले ट्राफिक नियम उल्लङ्घनको जरिवाना भुक्तानी प्रणालीमा पनि समस्या देखिएको बताइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)