हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक आरोहीको मृत्यु : एकको जीवितै उद्धार, एक बेपत्ता

म्याग्दी – अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सेभेन समिट ट्रेक्स’बाट आरोहणमा गएका आरोही नोयल हन्ना रहेकी छन् ।उनको शव ६ हजार मिटरको उचाइबाट आज दिउँसो आधार शिविरमा ल्याइएको छ । प्राप्त जानकारीअनुसार एकजना बेपत्ता छन् ।

Advertisement

काठमाडौंको पायोनिर ट्रेकिङ कम्पनीमार्फत अन्नपूर्ण आरोहणमा आएकी भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट कैलाश एयरको हेलिकोप्टरमार्फत आज दिउँसो उद्धार गरिएको हो । सेभेन समिट ट्रेक्सबाट आरोहणमा जाएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका हुन्।

Advertisement

उनी फलतापूर्वक आरोहण गरी आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट बेपत्ता भएका थिए। बेपत्ता मालुको खोजीमा निजी कम्पनीका चारवटा हेलिकोप्टर परिचालन गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)