हल्दिवारी गाउँपालिका वडा नम्बर २ का २८ विपन्न परिवारलाई नि : शुल्क बिजुली मिटर र वाइरिङ्ग उपलब्ध गराएको छ। वडा अध्यक्ष सुकलाल राजवंशीका अनुसार वडाले विनियोजित रकमबाट उनिहरुलाई बिजुली मिटर र घरमा वाइरिङ्ग समेत गरिदिएको हो ।

निशुल्क एम्बुलेन्स सेवा , टोलटोलमा निशुल्क वाईफाई , सडक बत्ति लगायतका जनहितका काम गर्दै आएको हल्दिवारी गाउँपालिका २ मा माओवादी केन्द्र का अध्यक्ष सहित ४ जना निर्वाचित छ्न ।
