हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पदम लिम्बुको शवयात्राको क्रममा बिराटनगर तनावग्रस्त, प्रहरीले छाडयो अश्रुग्याँस

इटहरी, ९ बैशाख । कोशी प्रदेश नामाकरणको माग गर्दै भएको आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बुको शवयात्राको क्रममा झडप भएको छ ।शवयात्राको क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो । बिराटनगरको रोडशेष तनावग्रस्त बने पछि स्थीतिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्याँस छाडेको छ ।

Advertisement

एक महिनाअघि सुरक्षाकर्मीको लाठी प्रहारबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका सहिद लिम्बूको आज अत्येष्टि गरिनु बिराटनगरमा शवयात्रा गरिएकाे हाे ।

Advertisement

‘पहिचानवादी आन्दोलन’ मा मृत्यु भएका लिम्बूलाई राजपत्रमा प्रकाशित गर्दै सहिद घोषणा गरिसकेको छ । संघीय लिम्बुवान राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए अनुसार झन्डै एक महिना देखी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी हाउसमा राखिएको शवलाई याक्थुङ लिम्बू परम्पराअनुसार शनिवार अन्त्येष्टि गर्न लागिएको हो ।

उनका अनुसार शनिबार बिहान ९ बजे धरानमा शवयात्रा गरिने र भानुचोकमा श्रद्धाञ्जली अर्पण कार्यक्रम गरिने छ भने लिम्बूको स्थायी घर मोरङको उर्लाबारीस्थित लालभित्तीमा पुर्‍याएर अन्त्येष्टि गरिदैँछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)