हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल भएपछि, ठूलो आवाजसहित आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको बताएका छन् । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो ।

Advertisement

विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका छन् । पाइलटले केहिवेर होल्ड गरेर खबर गर्ने बताएका छन् ।

Advertisement

फ्लाई दुबईको एफजेट ५७६ नम्बरको जहाज ९ बजेर २३ मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो। अहिले जहाज आकाशमै फन्को लगाइरहेको छ। काठमाडौंबाट उडेपछि जहाजको एउटा इन्जिनमा आगलागी भएको एक जना कर्मचारीले बताए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)