हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

सरकारलाई समर्थन दिएको समर्थनबारे पुनर्विचार गर्नेछौँ : रवि लामिछाने

काठमाडौं, १२ वैशाख  । राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका छन् ।

Advertisement

चितवन क्षेत्र नम्बर २ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सो रास्वपाका उम्मेदवार तथा सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन् ।

Advertisement

सरकारको कायैशैली चित्त बुझ्दो नरहेको बताएका उनले सरकारसँग वार्ता गर्ने र समर्थनबारे पुनर्विचार गर्ने बताएका हुन्   । सरकारमा सहभागी नहुने र सरकारलाई दिएको समर्थनको औचित्य पनि नदेखिएको उनको भनाइ छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)