हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

मेचिनगरबाट लागुऔषध सहित ३ जना पक्राउ

झापा , बैशाख १५ । इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले लागू औसधि सहित १४ बैशाखमा  ३ जनालाई पक्राउ गरेको छ ।
मेचीनगर नगरनगरपालिका वडा नं. ५ स्थित भारतबाट नेपाल तर्फ आउदैं गरेका  नुवाकोट तार्केश्वतर गाउँपालिका वडा नं.३ बस्ने वर्ष ३० को सविन परियार,  सिन्धुली दुधौली नगरपालिका वडा नं. ११ बस्ने वर्ष ३० को खड्ग सुनुवार र झापा मेचीनगर नगरपालिका वडा नं. ५ बद्रीटोल बस्ने वर्ष २३ को विक्रम दनुवारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनीहरुलाई  शंका लागी चेकजाँच गर्दा  लागूऔषध खैरो हेरोईन ७० ग्राम फेला परेकोले ३ जनालाई नै नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)