हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

पुर्वमा वित्तीय गुन्डागर्दी रोक्न विप्लवका नेता र गृहमन्त्री श्रेष्ठ बिच भेटवार्ता

झापा । पछिल्लो समय झापा, इलाम र पाँचथर जिल्लामा मिटरब्याजी, बैंक तथा वित्तीय संस्थाहरुको ज्यादति विरुद्ध संघर्ष गरिरहेका  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरो इन्चार्ज सुमनसिंह सहितका नेताहरुले गृहमन्त्री नारायण काजी श्रेष्ठसँग समसामयिक विषयमा भेटवार्ता गरेका छन्,।
पछिल्लो समय पुर्वका विभिन्न क्षेत्रमा मिटरब्याज, गुन्डागर्दी, बैंक तथा वित्तीय संस्थाहरुको अराजकता, लागूऔषध , वेश्यावृति समेत बढ्दै गएको र यसको नियन्त्रणका लागि नेपाल सरकारको ध्यानाकर्षण गराउँदै गृहमन्त्री श्रेष्ठ सँग भेटवार्ता भएको मेची ब्युरो इन्चार्ज सुमनसिंहले जानकारी दिए।
यहि बैशाख ६ गते विर्तामोडमा खुला जनसभा गर्दै विभिन्न संघर्षको घोषणा गरेको उक्त पार्टीले आफ्नो संघर्ष देश र जनताको हितमा रहेको र यसमा जिल्ला प्रशासन , प्रहरी प्रशासन लगायत समाजका शिक्षित , बौद्धिक सबै खाले ब्यक्ति तथा संस्थाले सहयोग गर्ने बताएको थियोे ।
भेटका क्रममा गृहमन्त्री श्रेष्ठले उक्त मागहरु जायज रहेको बताउँदै जिल्ला प्रशासन कार्यालय र सरकारले समेत समन्वय गर्ने आश्वासन दिएको नेता सिंहले जानकारी दिए ।
उक्त भेटवार्तामा पार्टीका केन्द्रीय सदस्य सन्देश सि , त्रिलोचन सि, पार्टी केन्द्रीय सदस्य तथा मेचि ब्युरो इन्चार्ज सुमनसिंह सि, झापा जिल्ला सेक्रेटरी सञ्जय सि लगायतको उपस्थिति रहेको थियोे ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)