हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

उधोग मन्त्री र बैंक तथा बित्तिय संस्था परीसंघ भेटवार्ता

काठमाडौं, १७ वैशाख । उधोग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले उधोग क्षेत्रमा संकट आउन नदिन उधोगीहरुको सहयोगको आवश्यकता रहेको बताउनु भएको छ ।

Advertisement

आईतबार मन्त्रालयमा मन्त्री रिजाललाई अध्यक्ष पवन गोल्यान नेतृत्व बैंक तथा बित्तिय संस्था परीसंघको टोलिले भेट गरेको थियो । भेटका क्रममा मन्त्री रिजाललाई परीसंघ टोलिले उधोग क्षेत्रमा रहेको बिभिन्न समस्याको बारेमा जानकारी गराएको थियो । बैंकिङ जस्ता क्षेत्रमा धेरै पैसा लक भएको भन्दै मन्त्री रिजाललाई त्यस्तो रकम रिलिज गर्न पहल गरीदिन आग्रह गर्दै परिसंघ टोलिले उक्त रकम उधोग क्षेत्रमा भित्र्याउनु पर्नेमा जोड दिएको थियो ।

Advertisement

मन्त्री रिजालले उधोग क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथा आउन सक्ने संकटबाट उधोग क्षेत्रलाई बचाउँका लागि सरकारलाई उधोगीहरुको साथ र सहयोगको आवश्यकता रहने बताउनु भयो । मन्त्री रिजालले भन्नु भयो: “सरकारलाई दोष दिदै भाग्ने हैन, आएर सहयोग गर्नुस। “

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)