हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

वडा नम्बर ५ A फाइनलमा ,भोलि वडा नम्बर १ A र ५ ब बिच सेमिफाइनल खेल हुदै

 हल्दिवारी गाउँपालिकामा जारी वडा स्तरीय फुटबल प्रतियोगिताको प्रहिलो सेमिफाइनल आज सम्पन्न भएको छ। वडा नम्बर १ बि र वडा नम्बर ५ ए बिच भएको सेमिफाइनल खेलमा ५ ए ले २-१ को अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको छ।

Advertisement

Advertisement

आफ्नो टिमलाई जिताउन सन्जोग लिम्बु र मनोज सेलिङ्ग्ले गोल गरेका थिए ।निकै रोमाञ्चक खेलमा वडा नम्बर १ बि का खेलाडी तेरिराज बिसङ्खेले १ गोल गरेका थिए ।

खेल नियम बिपरित खेल्ने ६ खेलाडीलाई रेफ्री ले पहेँलो काड देखाएका थिए । भोलि जित्ने टिमसग आजको बिजेता टिमले फाइनल खेल खेल्ने छ।

आजै भएको पहिलो क्वाटर फाइनल खेलमा वडा न २ बि लाई १-० ले हराउदै वडा नम्बर ५ बि सेमिफाइनलमा प्रवेश गरेको छ।

भोलि ५ बि र १ ए बिच २ जे देखि सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएका छ्न ।

   

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)