हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

वडा स्तरीय फुटबल : भोलि वडा न.१ ए र ५ ए बिच फाइनल (फोटोफिचर )

 खेल हल्दिवारी गाउँपालिकामा जारी वडा स्तरीय फुटबल खेलमा वडा नम्बर १ ए फाइनलमा प्रवेश गरेको छ। आज शुक्रबार भएको सेमिफाइनल खेलमा वडा नम्बर १ ए ले वडा नम्बर ५ बि लाई ३-0 गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो ।

Advertisement

Advertisement

आफ्नो टिमलाई बिजय गराउनु वडा नम्बर १ का खेलाडी जर्सी नम्बर १० का सन्तोष सापकोटाले दोस्रो हाफको ३ मिनेटमा गोल गर्दै टिमलाई अगाडि बडाएका थिए । निकै प्रतिस्पर्धा खेलमा ५ बिले केही गोलका प्रयास बिफल भएका थिए ।

खेलको ३१ औं मिनेट र इन्जुरी टाइममा १ नम्बर वडा जर्सी नम्बर ११ का किरण लिम्बुले गोल गर्दै टिमलाई ३-० अन्तरले बिजयी गराएका थिए । खेलको म्यान अफ द म्याच समेत किरण लिम्बू घोषित गरिएका थिए।

भोलि फाइनल खेल १ A र ५ A बिच दिनको २ बजेदेखि पाथीभरा कालिका सामुदायिक बनको खेल मैदानमा हुने छ ।विविध सास्कृतिक कार्यक्रम सहित फाइनल खेल महिला फुटबल टिम बिचको मैत्रीपुर्ण खेलबाट शुरुहुने आयोजकले जनाएको छ।

यहि फाल्गुन १९ देखि संचालन भएको फुटबल खेललाई फिफाको नियम अनुसार खेलाइएको रेफ्री को जिम्मेवारीमा डिक बहादुर श्रेष्ठ, लक्षमण चौधरी र सन्तोष चौधरीले गर्दै आएका छ्न भने सहयोगी भुमिका नरबहादुर बस्नेत ,भिम फ्याक र राजन श्रेष्ठले गर्दै आएको आयोजकले जानकारी दिएका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)