समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जनकपुरमा घरेलु मदिरा सेवनबाट ८ जनाको ज्यान गयो

जनकपुरधाम–घरेलु मदिरा सेवनबाट तीन दिनमा ८ जनाको ज्यान गएपछि प्रहरीले घरेलु मदिरा बेच्ने सात जनालाई पक्राउ गरेको छ।प्रहरीले  ७ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

Advertisement

प्रहरीले महोत्तरी जिल्लाको भंगहा नगरपालिका– ३ सखरी टोलका ४७ वर्षीय जगत नारायण मण्डल, धनुषाको लक्ष्मिनिया गाउँपालिका– ६ बगेवाका २४ वर्षीय नविन यादव, ५० वर्षीय घुरन यादव, क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयाका ४५ वर्षीया तारापट्टी बाली भनिने छठियादेवी मण्डल, ४८ वर्षीय रामनन्दन साह, ४१ वर्षीय जयकुमार यादव र जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलकी ३५ वर्षीया सितलदेवी यादवलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए  ।

Advertisement

विगत तीन दिनमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा घरेलु मदिरा सेवनको कारण ८ जनाको मृत्यु भएको छ भने ६ जना उपचारको क्रममा रहेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article