हल्दिवारी गाउँ पालिकाका जनप्रतिनिधिहरु लाठी लिएर सडकमा उत्रिएका छ्न। सरकारले लागू गरेको लक डाउनलाई बेवास्ता गर्दै घर बाहिर निस्कने क्रम बडेपछी ,वडा नम्बर ४ का अध्यक्ष होमप्रसाद चुडाल ,वडासदस्यहरु केदार उप्रेती ,महेसलाल मेचे ,पवित्रा सेन्चुरी स्थानीय प्रहरीको टोलि सहित हालमा लाठी लिएर निस्किएका हुन।

अधिकारी चोक ,मंगल्बबारे बजार ,ऎना वारि ,काजली भट्टी र ढ्डुवा बजार समेत अनुगमन गरेका थिए । वडा अध्यक्ष चुडालका अनुसार आज सम्झाउने काम भएको छ भोलि देखि अनावश्यक बाहिर हिड्नेलाई कार्वाही हुनेछ। स्थानीय सरकारले सख्त कार्वाही गर्न प्रहरीलाई निर्देशन समेत गरेको र आफुहरुपनी लागि पर्ने वडा सदस्य महेसलाल मेचेले बताएका छ्न ।

आजै वडा अध्यक्ष चुलाल लगायत जनप्रतिनिधिहरुले स्वास्थ चौकी जलथललाई २ सय माक्र्स पनि बितरण गरेको छ। स्वास्थ चौकीमा उपचार गर्न आउनेलाई उक्त माक्स उपलब्ध गराइने जलथल स्वास्थ प्रमुख राम प्रसाद ढकालले बताए।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार