झापा जिल्लामा गौहत्या सम्बन्धी घटनाहरू निरन्तर बाहिर आउँदैछन्। केही दिन अगाडि कनकाई नगरपालिकामा भएको गौहत्या प्रकरणको चर्चा सेलाउन नपाउँदै अर्जुनधारा नगरपालिकामा पनि गौहत्या भएको पुष्टि भएको छ। अर्जुनधारा-५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गाई काटिरहेको अवस्थामा प्रहरीले राम तामाङ (५०) र सन्त तामाङलाई पक्राउ गरेको छ।
उक्त घटना बुधबार राति ९:४५ बजे भएको हो। पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको छ। यसअघि मंगलबार कनकाई-३ टप्पुमा लैनो गाई काटिएको घटनामा संलग्न चारजनालाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।
गौहत्या सम्बन्धी घटनाहरूले धार्मिक र सामाजिक संवेदनशीलता झल्काउँछन्। यसले स्थानीय समुदायमा अशान्ति र विवाद सिर्जना गर्न सक्ने भएकाले प्रहरी प्रशासनले यस्ता घटनामा कडा कदम चालिरहेको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1