झापा जिल्लाको दमक नगरपालिका वडा नं. ८ स्थित बाटोमा, मिति २०८१ मंसिर १२ गते बेलुकी करिब १९:५५ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागु-औषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति इलाम जिल्लाको चुलाचुली गाउँपालिका वडा नं. ३ बस्ने २८ वर्षीय उपेन्द्र बान्तवा हुन्।
प्रहरीले शंका लागि चेकजाँच गर्दा बान्तवाको साथबाट प्रतिबन्धित लागु-औषध ब्राउन सुगर फेला परेको छ। प्लास्टिकको पोकामा ३ ग्राम १० मिलिग्राम रहेकोमा प्लास्टिक हटाएर २ ग्राम लागु-औषध मात्र भेटिएको हो।
पक्राउ परेका बान्तवालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान कार्य जारी राखेको जानकारी दिएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1