हल्दिवारी ,१४ मङ्सिर । ध्रुवतारा बहुउद्देश्य बिधुत उपभोक्ता समितिको छैठो साधारणसभा समितिका अध्यक्ष भानुभक्त प्रसाईंको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनको प्रमुखको आतिथ्यतामा सम्पन्न भएको छ ।

साधारणसभालाई प्रमुख अतिथि लिङदेन ,  वडा नम्बर २ का अध्यक्ष शुकलाल राजवंशी  ४ का अध्यक्ष शन्तकुमार थापा बिधुत महासंघका केन्द्रिय सदस्य धनकेशर बस्नेत ,जिल्ला अध्यक्ष चेतनाथ भट्टराई लगायतले शुभकामना मन्तव्य  राख्नुभएको थियोे ।
संस्थाको वार्षिक प्रतिबेदन अध्यक्ष प्रसाईले प्रस्तुत गर्नु भएको थियोे भने  सामाजिक परिक्षण प्रतिबेदन संस्थाका कोषाध्यक्ष नवीन मैनालीले प्रस्तुत गर्नु भएको थियोे ।
नेपाल सरकार को ८०/२० प्रतिशत कार्यक्रम अन्तरगत २ करोड १७ लाख बराबरको काम गरिसकेको समितिमा जनसहभागिता ४३ लाख ६० हजार बराबर गरिएको प्रतिबेदन उल्लेख गरिएको छ ।
हल्दिबारी २,३,४  र ५ नम्बर वडामा आफ्नो सेवा बिस्तार गर्दै अध्यारोबाट उज्यालो हल्दिबारी बनाउन लागी रहेका संस्थामा १५४३ ग्राहक रहेको उल्लेख छ । जसमा ग्राहस्थ १२५०, साना सिचाइ २५३, ठुला सिचाइ ३१ र उधोग व्यवसाय ९  रहेका छ्न । त्यसैगरी १२ वटा ट्रास्फरमरबाट बिधुत सेवा दिदै आएको समेत जनाइएको छ।
त्यस्तै संस्थाले २६५ परिवारलाई इन्डक्सन चुलो बितरण गरेको छ भने ४० बिपन्न ग्राहक परिवारलाई मिटर देखी भान्सा घरसम्म वाइअरिङ्ग र पावर सकेट समेत जडान गरिएको अध्यक्ष प्रसाईंले आफ्नो प्रतिबेदनमा उल्लेख गर्नु भएको छ ।
संस्थाले  यस आर्थिक बर्षमा ८० लाख २४ हजार ५०६.२८ पैसा आम्दानी गरेको छ भने ७९ लाख ७८ हजार ७१६.९० पैसा खर्च भएको आर्थिक प्रतिबेदनमा उल्लेख छ ।
छैठो साधारणसभामा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष धनकुमारी गुरुङले गर्नु भएको कार्यक्रमको सहजीकरण सचीव ओमराज राईको रहेको थियोे ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार