भद्रपुर । कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर १० को प्रथम साधारण सभा विविध कार्यक्रमकासाथ सम्पन्न गरिएको छ ।

शान्ति कृषक, सिर्जनात्मक कृषि र कलवलगुरी कृषि सहकारी संस्थाको एकीकरणपछि भएको प्रथम साधारण सभा उत्कृष्ट सम्मान, रिक्त पद पूर्ति लगायत कार्यक्रमका साथ सम्पन्न गरिएको हो । सहकारीका अध्यक्ष नारायणप्रसाद चौलागाईको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न साधारण सभामा उत्कृष्ट कृषक प्रोत्साहन सम्मान सीतादेवी मगर, उत्कृष्ट बचत सम्मान इन्दिरादेवी पौडेल तथा ऋण कारोवार सम्मान पलमान जोगीलाई सम्मानित गरिएको थियो भने उत्कृष्ट सन्तती सम्मानबाट रञ्जन दुलाल र सृष्टि राजवंशीलाई नगद रू१५०५।— सहित पुरस्कृत गरिएको थियो ।

उपाध्यक्ष भुमादेवी घिमिरेले स्वागत तथा सचिव निर्माण नेपालले सञ्चालन गरेको सभामा रिक्तरहेको कोषाध्यक्ष पदमा मीनबहादुर कार्कीलाई मनोनित गरिएको थियो भने राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी, प्रकाश एकता कृषि सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार