३० औं अन्तरास्ट्रिय अपाङ्गता दिवस तथा बिद्यालयका संस्थापक हरि प्रसाईको स्मृति दिवसको अवसरमा न्यूटन्स बाल क्लबले अपाङ्गता भएका दुई शिक्षक लाई सम्मान गरेको छ ।
समावेशी तथा दिगो भबिस्यको आधार, अपाङ्ग्ता भएका ब्याक्तिहरुको प्रवल नेतृत्वको आधार भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा बिद्यालयका डाईरेक्टर आशिष प्रसाईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा दुर्गा माध्यमिक बिद्यालयका शिक्षक पदम अधिकारी र चन्द्र भट्टराई लाई दोसल्ला ,टोपी र मायाको चिनोले सम्मान गरिएको बिद्यालयका प्रन्सिपल देबेन्द्र हुमागाईले जानकारी दिए ।
बिर्तामोड ५ मा रहेको न्यूटन्स एजुकेशन एकाडेमीमा रहेको बाल क्लबका अध्यक्ष अन्स न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेल ,डाईरेक्टर प्रसाईं र प्रधानाध्यापक हुमागाईले मन्तव्य राखेका थिए । बाल क्लब फोकल पर्सन मिनु शिवाकोटीले प्रकाश पारेको कार्यक्रममा अभिभावक राजेन्द्र चौलागाईं , अनिल सुवेदी ,शिक्षक विद्यार्थी लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन सुलभ कार्की र पुजा ताम्लिङ्गले संयुक्त रुपमा गरेका थिए ।