झापा, मंसिर २२ । झापा जिल्ला झापा गाउँपालिका–६, पुष्पाञ्जली टोलकी ८३ वर्षीया फुलमाया मुर्मुको हत्या प्रकरणमा संलग्न फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
गत मंसिर २२ गते दिउँसो साढे ४ बजे फुलमायाको घरमै मृत अवस्थामा रहेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापा र मातहतका प्रहरी टोलीले नेपाल प्रदेश प्रहरी कार्यालय केनाइन शाखा, धरानको कुकुरसहितको टोलीको सहयोगमा घटनास्थलमा अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा फुलमायाको टाउको र चिउडोमा हतियारले प्रहार गरी हत्या गरिएको पुष्टि भएको छ। घटनामा प्रयोग भएका कलको ह्यान्डिल र फरुवा घटनास्थलबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
हत्या पछि फरार रहेका अभियुक्तहरूको खोजतलास गर्दा झापा गाउँपालिका–७, मदरगाछबाट लुटिएको कलर्स मोबाइल एक थान र साइकलसहित दुई अभियुक्तलाई पक्राउ गरिएको छ। पक्राउ परेका अभियुक्तहरू:
१. अजय यादव (२८), झापा गाउँपालिका–७।
२. अशोक यादव (२४), शिवसताक्षी नगरपालिका–७।
प्रहरीले पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान जारी राखेको जनाएको छ।