हल्दिबारी, २२ मंसिर । झापाको हल्दिबारी गाउँपालिकामा वडा नम्बर १ गोलधापमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर आज सप्पन्न भएको छ ।
वडा अध्यक्ष देवी बहादुर थापाले वडा स्वास्थ कार्यालयमा शिविरको उद्घाटन गर्नु भएको थियोे । प्रदेश सरकार, स्थानीय सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको शिविर आज वडा नम्बर १ मा संचालन गरिएको थियोे ।
वडा भित्रका नयाँ पुराना गरी १२९ जना अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा आवश्यकता अनुसार थप उपचार एवम् कार्ड वितरण गरिएको वडा अध्यक्ष देवी बहादुर थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा आँखा सम्बन्धि नाक कान र घाटी सम्बन्धि ,फिजियो थेरापी र मानसिक अपांगता भएकाले सेवा लिएका थिए ।
कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन ,उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, वडा सदस्यहरु प्रकाश कार्की , शान्ता सिवाकोटी,रुपा देवी रसाइली , कुलबहादुर वान्तवा सातौ अधिकृत योजना शाखा प्रमुख राजन न्यौपाने, करूणा फाउन्डेसन झापा सम्योजक सन्जय गुरागाई लगायत सञ्चारकर्मिहरुको उपस्थित रहेको थियोे ।
यही मङ्सिर २० देखि संचालन भएको शिविर २४ गते ५ नं वडामा सञ्चालन हुने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले जानकारी दिएकी छ्न ।
उनका अनुसार वडा नम्बर ४ मा ६४ जना ,वडा नम्बर ३ मा ९९ र वडा नम्बर २ मा १२४ जना अपांगता भएका बालबालिका देखि बृद्धवृद्धाले सेवा लिएका थिए ।