झापा ।लायन्स क्लव झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह चयन भएका हुनु भएको छ।

अध्यक्ष शाहको नेतृत्वमा वर्ष २०२४–२५ लागि ३७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।समितिको पहिलो उपाध्यक्षमा अन्जुदेवी थपलिया , द्वितीय उपाध्यक्ष महेन्द्र प्रसाई , तृतीय उपाध्यक्ष जगन्नाथ राजवंशी , सचिव ठोमनाथ नेपाल , कोषाध्यक्ष वसुन्धरा थपलिया , टेल टुईस्टर लोचन यादव , टेमर विशाल तिवारी , जनसम्पर्क अधिकारी सागीरथप्रसाद गणेश चयन हुनुभएको छ।

सामुदायिक रेडक्रसको भवन  झापा बजारमा भएको कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लव इन्टरनेशनल ३२५ सी डिष्ट्रिक गभर्नर विकास अधिकारी रहनु भएको थियोे ।

त्यसैगरी विशेष अतिथि झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया ,अतिथिहरु सेकेन्ड भाईस गभर्नर लिला चिमरिया , क्याविनेट सेक्रेटरी उदयनारायाण वराल , क्याविनेट ट्रेजरर रमेश खत्री , डिस्ट्रीक चीफ रुपनारायण खतिवडा र जिल्ला समन्वय समितीका सदस्य जलाल अलीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गभर्नर अधिकारीले अन्तर्राष्ट्रिय स्तरको सामाजिक संस्थाको रुपमा रहेको लायन्स क्लवको उद्धेश्य र यसको नीतिको वारेमा जानकारी गराउनु भएको थियो ।

यसैगरी सेकेन्ड भाईस गभर्नर चिमरियाले लायन्स क्लव एक नेतृत्व , व्यक्तित्व विकास एवं समाजसेवा गर्ने संस्था रहेको बताउनुभएको थियोे । नवनियुक्त सेक्रेटरी ठोमनाथ नेपालले संचालन गरेको कार्यक्रममा डिस्ट्रीक चीफ रुपनारायण खतिवडाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार