हल्दिबारी ।नेपाल रेड्क्रस सोसाइटी जलथल उपशाखाको निर्वाचन यहीँ पौष ४ गते बिहिबार हुने भएको छ ।

निर्वाचन समितिका संयोजक कर्णखर प्रसाईका अनुसार उप सचिव र उप कोषाध्यक्षमा कुमार खतिवडा र बाल कृष्ण बेडारी निर्विरोध निर्वाचित भएका छन भन्ने सभापति लगायत अन्य पदमा निर्वाचन हुने भएको छ ।

झापा जिल्ला मै दोस्रो ठुलो संख्यामा रेड्क्रसको सदस्यता रहेको जलथल उपशाखाको निर्वाचन लाई राष्ट्रिय राजनीतिले समेत प्रभाव पार्ने देखिन्छ ।

सामाजिक संस्थामा सहमति द्वारा जिम्मेवारी प्रदान गर्नु पर्नेमा निर्वाचन मार्फत दुई समुह आमनेसामने भएको देखिन्छ ।

हालका सभापति रेम प्रसाद खरेल र कोषाध्यक्ष तथा वडा सदस्य सुरेन्द्र बाह्रकोटीले सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन।

त्यस्तै उपसभापति (महिला) पुर्ण कुमारी लामीछाने र हाल कि उपसभापति तुलसा देवी आचार्य चुनावी मैदानमा उत्रिएका छन। तेसै गरी सचिव पदका लागी नितेश शाह र हालका सचिव खिवराज भट्टराईको उम्मेदवारी दिएका छन भन्ने कोषाध्यक्ष पदमा बलराम गिरी र कुशव मैनालीको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला सदस्य पदका लागि पुर्व कार्यपालिकासदस्य गिता देवी भण्डारी र हाल कि कार्यपालिका सदस्य भावना दाहालको उम्मेदवारी रहेको छ । त्यसै गरी सदस्य पदका लागि अग्नि शिवाकोटी , प्रलाद सिलवाल , भानु भण्डारी , राम प्रसाद पोखरेल , मन कुमार शर्मा र गोपाल सिग्देलको उम्मेदवारी रहेको निर्वाचन समितिले जनाएको छ ।

एक हजार नौ मतदाता रहेको जलथल उपशाखाको निर्वाचनमा राप्रप निकट रेड्क्रसकर्मीले सत्ता समीकरणमा रहेका राजनीति दलका रेड्क्रसकर्मीहरु बीच चुनावी प्रतिस्पर्धा गर्ने देखिन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार