पूर्व राजा ज्ञानेन्द्र

काठमाडौँ , पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोषमार्फत् सरकारको कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड दिने घोषणा गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले खडा गरेको कोरोना रोकथाम कोषमा पूर्वराजपरिवार आबद्ध रहेको हिमानी कोषमार्फत पूर्वराजा ज्ञानेन्द्र शाहले दुई करोड दिने भएका हुन् ।

पूर्वराजा शाह आज एक विज्ञप्तिमा महामारीले देश र जनतामा भय र सन्त्रास पैदा गरेको उल्लेख गर्दै दुई करोड दिने घोषणा गरेका हुन् । विज्ञप्तिमा उनले यस्तो अवस्थामा ज्यानको परबाह नगरी खट्ने चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी सेना प्रहरीलाई आभार प्रकट गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार