शिवसताक्षी । झापाको शिवसताक्षी १ मा रहेको धरमपुर बचत तथा ऋण सहकारी संस्थाले स्थानीय तीन विद्यालयमा न्यानो कपडा वितरण गरेको छ ।

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत शिवसताक्षीका ३ विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । सहकारीले शिवसताक्षी ८ को भगवती आधारभूत विद्यालय, शिवसताक्षी ४ त्रिभुवन माध्यमिक विद्यालय र शिवसताक्षी ७ को बालसेवा आधारभूत विद्यायलका विद्यार्थीहरुलाई जाडोमा लगाउने स्वीटर वितरण गरिएको संंस्थाका व्यवस्थापक विनोद ढकालले जानकारी दिए ।

संस्थाले तीन ओटा विद्यालयका ३० ÷३० र ३१ गरी ९१ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको जनाएको छ। धरमपुर साकोसका अध्यक्ष कुमार शंकरले भविष्यका कर्णधार बालबालिकाहरुलाई विद्यायलमा गएर पठन पाठन गर्ने वातावरण बनाउने दायित्व हाम्रो पनि भएकाले संस्थाले न्यानो कपडा वितरण गरेको जानकारी दिए । उनले भने, स्थानीय नागरिकहरुको अलि अलि बचतले सहकारी चलेको हुन्छ र संस्था पनि सामाजिक रुपमा दायित्व बन्ने गर्छ ।

जाडो मौसममा स्वीटर वितरण गरेर विद्यार्थीहरुलाई विद्यालय सम्म आउने वातावरण मिलाइदिनु भएकोमा संस्थालाई बाल सेवा आधारभूत विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले धन्यवाद दिए । उनले भने, कतिपय विद्यार्थीहरु जाडोमा लगाउने कपडा नभएका कारण पनि विद्यालय नआउने गरेका छन् ।वित्तीय संस्थाहरुले शिक्षा प्रति देखाउनु भएको योगदान उच्च भएको उनले बताए ।

वित्तीय संस्थाहरुले शिक्षा प्रति देखाउनु भएको योगदान उच्च भएको उनले बताए । कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीय जनप्रतिनिधिरुहरुको सहभागिता रहेको थियो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार