इलाम । इलाममा अलैंचीको मूल्यले नयाँ उचाइ लिएको छ। हाल उच्च गुणस्तरीय अलैंचीको प्रतिमन (४० किलो) मूल्य १,१०,००० रुपैयाँ पुगेको छ, जुन १२ वर्षयताकै उच्च हो।

रोगका कारण खेतीप्रति निराश भएका किसानहरू मूल्य वृद्धिले उत्साही भएका छन्। माइमझुवाका किसान गिरिराज खनालले पुराना बगान मासेर नयाँ बगान विस्तार गर्दै उत्पादन दोब्बर बनाएको बताए। खनालले भने, “अलैंची खेतीले विदेश जानुपर्ने बाध्यता हटाएको छ।”

२०७९ सालमा प्रतिमन ३२,००० रुपैयाँ रहेको अलैंचीको मूल्य २०८० सालमा ६०,००० रुपैयाँ पुगेको थियो। हाल यो १,१०,००० रुपैयाँ पुगेको छ।
चालु आर्थिक वर्षको मङ्सिरसम्ममा करिब ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको २० लाख किलो अलैंची निर्यात भइसकेको मेची भन्सार कार्यालयले जनाएको छ।

इलामका विभिन्न बजार (बिब्ल्याँटे, फिक्कल, नयाँबजार) मा अलैंचीको कारोबार सक्रिय छ। अलैंचीको मूल्य उच्च भएसँगै किसानहरू बगान विस्तार, बिरुवा उत्पादन, र सरसफाइमा सक्रिय भएका छन्।

अलैंची विकास केन्द्रका अनुसार देशभर हाल १७,००० हेक्टर जमिनमा अलैंची खेती भइरहेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार