हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

पाउ पाथिभराकाे दर्शन संगै तपाईंको आजकाे राशिफल (२०८१/०९/१४ गते)

आज २०८१ साल पुस १४ गते आईतबार, तपाईको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा बाधा आउन सक्छ। प्रशासनिक मामिलाहरू सुल्झिनाले लाभ मिल्नेछ। नयाँ योजनाहरूमा धन खर्चका योग छन्। चिसोबाट जोगीनुहोस्। शरीरमा थकान र कमजोरी महसुस हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार क्षेत्रमा प्रतिस्पर्धीहरूसँग सावधान र सतर्क रहनुपर्ने हुन्छ। पारिवारिक कार्यमा व्यस्तता बढ्नेछ। धनको लेनदेनमा सचेत रहनुहोला। राज्यपक्षको सहयोग मिल्न गाह्रो होला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरपरिवारमा वादविवाददेखि बच्नुहोस्। बाणीमा संयम राख्नुहोला। विद्यार्थीहरूलाई पढाइमा आज मेहनतको अनुरुप सफलता नमिल्ला। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा अनुकूल स्थानान्तरणका योग रहेको छ। परिस्थितिले गर्दा नयाँ जिम्मेवारी मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। प्रतिस्पर्धात्मक परीक्षाहरूमा उत्कृष्ट सफलता प्राप्त गर्ने सम्भावना रहेको छ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दिखावा गर्नदेखि बच्नुहोस्। नयाँ सम्पर्कले गर्दा लाभ मिल्नेछ। सरकारी कामकाजमा बाधा आउन सक्ला। आध्यात्मिक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्य कुशलताले अधिकारी वर्गहरू प्रभावित रहनेछन्। उच्च शिक्षामा आइरहेको बाधा पन्सिनेछ। पायक स्थानमा भ्रमणको योग रहेको छ। आत्मविश्वास बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) उद्योग र व्यवसायबाट विशेष लाभ मिल्नेछ। कार्यक्षेत्रमा रोकिएका काम बन्नको साथै नयाँ कार्य प्रारम्भ हुनेछ। उच्च पदस्थ व्यक्तिहरूसँगको भेटघाटले मन हर्षित रहनेछ। जीवन साथीसँग वादविवाद हुने सम्भावना रहेको छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक सद्भाव बढ्नेछ। सन्तानको प्रगतिले मन उत्साहित रहनेछ। मित्रवर्गको सहायताले सफलता मिल्नेछ। कार्यक्षेत्रमा गरिएको प्रयासले सफलता मिल्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य र पराक्रमले व्यापार क्षेत्रमा मनग्य लाभ हुनेछ। भौतिक सुख सुविधामा वृद्धि हुनेछ। प्रशंसनीय कार्यले प्रतिष्ठा बढ्नेछ। कमजोरीमा अवसर खोज्नेहरुबाट सतर्क रहनुहोला। न्यायिक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधिकारी वर्गहरूसँगको मेलमिलापले लाभ मिल्नेछ। कार्यस्थलमा ठूला परियोजनाहरू हात पार्न सकिनेछ। रोकिएको धन पुन‌ः फिर्ता हुने सम्भावना रहेको छ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ जागिर वा नोकरीमा सफलता मिल्नेछ। आर्थिक वा सामाजिक प्रतिष्ठा बढ्नेछ। शैक्षिक क्षेत्र मध्यम रहनेछ। शेयर बजारबाट लाभ मिल्नेछ। व्यापारलाई लिएर यात्रा गर्नुपर्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आयस्रोत सबल रहनेछ। नोकरी वा पेशामा पदोन्नतिको योग रहेको छ। धार्मिक मठ मन्दिरको यात्रा हुनसक्ला। पशुधनबाट राम्रो लाभ हुनेछ। नयाँ पहिरनको लाभ मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

साभार: हाम्रोपात्रो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)