झापा जिल्लाको शिवसताक्षी नगरपालिका-११ मा लागूऔषध ब्राउन सुगरसहित एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरू दमक नगरपालिका-४ फूलबारी टोलका २६ वर्षीय सरूप राई र उनकी ३२ वर्षीया श्रीमती आरती मगर हुन्।
हिजो दिउँसो १२:४० बजे मिलनकुमार राईको घरमा प्रहरीले खानतलासी गर्दा टेबलमाथि प्लास्टिकमा पोका पारी राखिएको २ ग्राम ५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। लागूऔषधसहित पक्राउ परेका दम्पतीलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन्।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
1
+1
1
+1
+1