झापा । झापा गोल्डकपको अध्यक्षमा केदार कार्की निर्विरोध निर्वाचित भएका छन्। आज बिहान भएको छलफलमा अध्यक्षका उम्मेदवार र सहजकर्ताबीच सर्वसम्मत सहमति भएपछि मतदानको आवश्यकता नभएको निर्वाचन समितिले जनाएको छ।

वरिष्ठ उपाध्यक्ष बलराम कार्की र कोषाध्यक्ष गिरीबीचको सहमतिको प्रयास सफल भएपछि केदार कार्कीलाई अध्यक्ष बनाउने निर्णय गरिएको हो। अध्यक्ष चयनसँगै कोषाध्यक्ष, सहसचिव, र सदस्य पदमा पनि सर्वसम्मत चयनको प्रयास भइरहेको छ। आठ सदस्य पदका लागि १२ जना उम्मेदवारबीच छलफल चलिरहेको छ।

यसअघि, पुस २९ गते वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की निर्विरोध भएका थिए। पौडेल संस्थाको स्थापनाकालदेखि नै सचिवका रूपमा कार्यरत थिए भने कार्की संस्थापक सदस्य हुन्। माघ १ गते सचिव पदका उम्मेदवार प्रकाश शिवाकोटीले उम्मेदवारी फिर्ता लिएपछि बुद्ध तामाङ निर्विरोध निर्वाचित भएका थिए।

सहसचिव पदका लागि यादव पोखरेल र विष्णु सिग्देल तथा कोषाध्यक्ष पदका लागि चन्द्रमणि कट्टेल र युवराज निरौला उम्मेदवार बनेका छन्। निर्वाचन समितिले सहमतिको प्रयासलाई प्राथमिकता दिँदै कार्यतालिका सार्वजनिक गरेर आवश्यक समय थप गर्दै आएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार