सामाजिक अभियन्ता आशिका तामाङलाई नेपाल प्रहरीले अभद्रव्यहारको आरोपमा पक्राउ गरेको छ। उनी बुधबार दिउँसो स्वयम्भु क्षेत्रबाट पक्राउ परेकी हुन्। उनको गिरफ्तारी पछि अनुसन्धानका लागि गौशाला प्रहरीमा लगिएको जानकारी प्राप्त भएको छ।

तामाङ, जो नायिका समेत हुन्, सामाजिक सञ्जालमा चर्चित छन् र सरकारी निकायमा आर्थिक बेथिति र अत्याचारको बारेमा सक्रिय रूपले आवाज उठाउँदै आएकी छन्। उनले १५ वर्ष जर्मनीमा बसेर नेपाल फर्केकी थिइन् र नेपालका सरकारी तथा सार्वजनिक निकायहरूमा व्याप्त असमानता र भ्रष्टाचारको बारेमा जनचेतना फैलाउने अभियान चलाउँदै आएकी थिइन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
4
+1
0
+1
1
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार