हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कविता : “मेरो गाजा ढल्यो”

कविता : “मेरो गाजा ढल्यो”

Advertisement

मेरा निर्दोष बिश्वासलाई,
बलत्कृत गरेर बिजय उत्सबको,
क्रूर पाशोमा मार्यौ ।
तिम्रो धोकामा परेर,
मेरो हराएको देश खोज्न,
धोका र बिश्वासघातको आगोमा,
सम्राज्यबादीलाई बुझने भाषामा
प्रतिघातको बिरुद्ध प्रतिकार गर्न
एउटा नया युद्धको यात्रारम्भमा,
मेरो गाजा माथि धाबा बोलेर,
आफै संग लडेको युद्धले, पेलेस्तिनी, भूमि फिर्ता गर्न,
युद्धको संघातपूर्ण पलहरू,
युद्धका बिनाशकारी
प्रहारहरू हुन ।
पटक पटक युद्धले घाईते भएको,
प्यारो गाजा,
आफै सित आफ्नै लागि युद्धभूमिमा,
मेरो देश खोजी रहेछु ।
दासत्वको पाईला टेकेर,
मेरो भूमि लुटनेहरुको बिरुद्ध,
जताततै प्रतिशोधका
दुन्दुभी छन,
पर्ख!मान्छेलाई,
उज्यालो चाहिएको छ,
तिम्रो सम्राज्यबादी क्रूर दासत्व,
अब स्वीकार छैन ।
मेरो देश-
कुन भूमि माथि निर्माण हुन्छ,
हामीले छिचोल्दै आएका पाईलाहरु,
उहि हो,
पुरातन आवरणको अबचेतनभित्र,
कसरी रोकू -छेकू यो युद्धको
घन्घोर बाछिटालाई
मेरो गाजा नितनिरंतर,
दुर्घटनामा परेको छ ।
एकै छिन पर्ख!
तिम्रो भावना संग खेल्ने लुटेराहरू
हतास, मृत्यु लड़दै छन ।

Advertisement

✍ देवेन्द्रकिशोर ढुङगाना

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)