हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

२५ वर्षीय युवतीको कोरोना आइसोलेसन वार्डमा बलात्कार, सीसीटिभी फूटेज हेर्दा प्रहरी नै चकित

कोरोनाले विश्व आक्रान्त बनेको बेला भारतमा कोरोना संक्रमित भनि राखिएको २५ वर्षीय युवतीको कोरोना भाइरसका आइसोलेसन वार्डमा नै बलात्कार भएको खबर बाहिरीएको छ । उनी गर्भवती थिइन्, उनको शरीरबाट अत्याधिक रगत बगेको कारण भारतको गयाको अनुराग नारायण महत अस्पतालमा गर्भपतन गराउन जाने क्रममा उनमा कोरोनाको संक्रमण देखिएको बताइएको थियो ।

Advertisement

कोरोना संक्रमण देखापर्दा युवतीलाई आइसोलेसन सेक्सनमा राखिएको थियो । अस्पतालमा उनलाई केही दिन राखिएको र केही परिक्षण पश्चात युवतीमा कोरोनाको संक्रमण नभएको भन्दै उनलाई डिस्चार्ज गरिएको थियो । तर, डिस्चार्ज भएतापनि नियमित उनको रगत बग्ने क्रम भने जारी नै रह्यो र उनको अत्याधिक रगत बगेको कारण ६ अप्रिलमा निधन भयो ।

Advertisement

उनको निधनको अन्तिम क्षणमा उनले आफू माथि चिकित्सकले बलात्कार गरेका आरोप लगाइन् । उनको बयानलाई मध्येनजर राखि गया प्रहरीले अनुसन्धान गर्न थाल्यो । अनुसन्धानको क्रममा प्रहरीले अस्पतालको सीसीटिभी फूटेज नियन्त्रणमा लियो । उक्त फूटेजमा दुई जना मानिस चिकित्सकको पोशाक लगाई युवती रहेको आइसोलेसन वार्डमा पसेर युवतीको बलात्कार गरेको देखापरेको जनाइएको छ । ती दुवै आरोपीलाई प्रहरीले हिरासतमा लिएको छ । अनुसन्धानको क्रम भने जारी रहेको जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)