हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बाह्रदशीमा बृहत् निःशुल्क स्वास्थ्य शिविर: ९१४ जनाले लिए सेवा

झापाको बाह्रदशी गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखाले एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। बाह्रदशी -३ राजगढमा रहेको पशुपति मावि. को प्राङ्गणमा सम्पन्न शिविरमा कुल ९१४ जनाले निःशुल्क सेवा लिएका हुन। सम्पन्न शिविरमा विर्तामोड आँखा अस्पतालले प्रविधिक सहयोग रहेको थियो।

Advertisement

Advertisement

 

शिविरमा आयुर्वेद विशेषज्ञ सेवा र अौषधि ३२५ जनाले लिएका थिए। यस्तै आँखा जाँच ३००, दन्त परीक्षण ४५, नाक कान घाँटी ७९, अल्ट्रासाउन्ड ५८, फिजियोथेरापी ५२ र ल्याप सेवा ५५ जनाले लिएका हुन।

 

बाह्रदशी आयुर्वेद स्वास्थ्य शाखा व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर सिंह राजवंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्र प्रसाद चम्लागाइ रहनुभएको थियो। आयुर्वेद स्वास्थ्य शाखा प्रमुख जट्टाशंकर झाले स्वागत गर्नुभएको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला,उपाध्यक्ष सान्ता देवि शिवाकोटी, टंक प्रसाद साह, अनिल कुमार यादव, टुमन राजवंशी, खगेन्द्र कार्की, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चम्लागाइले दक्षिणी क्षेत्रका सेवा ग्राहीलाई पहिलो पटक चकचकी गएपछि थप अौषधि लीन टाढा भएकोले स्थानीय स्वास्थ्य चौकीबाट नै अौषधि लीन मिल्ने वातावरण मिलाउने पहल भइरहेको बताउनु भयो।

स्वास्थ्य शाखाले धेरै प्रकारका अौषधि र उपचार निःशुल्क गरेकोमा सेवा ग्राहीले खुशी व्यक्त गरेका छन्। शिविरमा प्रविधिक सहयोग गरेको विर्तामोड आई अस्पताललाई गाउँपालिकाको तर्फबाट सम्मान गरिएको थियो।


अौपचारीक कार्यक्रमको सञ्चालन गाउँपालिका जिन्सी शाखा प्रमुख राजु गिरीले गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)