शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

निजी विद्यालयमा निःशुल्क भर्ना सुनिश्चित गर्न रास्वपा झापाको माग

झापा, २४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा शाखाले जिल्लाभित्र सञ्चालित निजी तथा आवासीय विद्यालयहरूलाई शिक्षा सम्बन्धी नियमावली र ऐनमा उल्लेख गरिएका प्रावधानहरू गम्भीरताका साथ पालना गर्न आग्रह गरेको छ।

Advertisement

पार्टीका कार्यवाहक सभापति प्रकाश पाठकद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत सरोकारवालाको ध्यानाकर्षण गराउँदै रास्वपाले हाल विद्यालयहरूमा भइरहेको नियम उल्लङ्घनप्रति गम्भीर आपत्ति जनाएको छ।

Advertisement

विज्ञप्तिमा आन्दोलनरत शिक्षकहरूलाई पुनः काममा फर्काउने वातावरण तयार पारेर विद्यार्थीहरूको पठन-अधिकार सुनिश्चित गर्नसमेत आग्रह गरिएको छ।

रास्वपा झापाको भनाइमा जिल्लाका अधिकांश निजी विद्यालयहरूले शिक्षा नियमावली, २०७७ को नियम ५ अनुसार “एक पटक भर्ना भएका विद्यार्थीहरूबाट अर्को वर्ष भर्ना शुल्क लिन नपाइने” व्यवस्थाको उल्लङ्घन गर्दै अवैध रुपमा शुल्क संकलन गरिरहेका छन्।

त्यस्तै, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ को दफा २७ को उपदफा (३) अनुसार प्रत्येक विद्यालयले छात्र संख्याको आधारमा १० देखि १५ प्रतिशतसम्म विद्यार्थीलाई निःशुल्क शिक्षाको सुविधा दिनुपर्ने प्रावधान रहेको भए तापनि सो व्यवस्था झापाका अधिकांश निजी विद्यालयहरूले पालना नगरेको भन्दै रास्वपाले आपत्ति जनाएको छ।

रास्वपा झापाले यस्ता अव्यवस्था तत्काल रोक्न र ऐन–नियमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न शिक्षा सम्बन्धी सरोकारवाला निकायसँग आवश्यक पहल गर्न आग्रह गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article