पूर्व राजा ज्ञानेन्द्र

काठमाडौँ ,पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोषमार्फत् दिएको २ करोड रुपैया सरकारको कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा भएको छ । आइतवार हिमानी कोषका पदाधिकारीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेर २ करोड रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

केहि समयअघि पूर्वराजा ज्ञानेन्द्र शाहले हिमानी कोषमार्फत कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैया दिने घोषणा गरेका थिए । उनले एक विज्ञप्तिमा कोरोनाले देश र जनतामा भय र सन्त्रास पैदा गरेको उल्लेख गर्दै दुई करोड दिने घोषणा गरेका थिए । आज हिमानी कोषले फेसबुकमार्फत सरकारको कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैया जम्मा गरेको जानकारी गराएको हो ।

हिमानी कोषले श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट उपलब्ध २ करोड रुपैया प्रधानमन्त्रीले स्थापना गरेको कोरोना रोकथाम, राहत तथा उपचार कोषमा आज मितिः २०७६ चैत्र ३० गते रकम हस्तान्तरण गरेको छ । हिमानी कोषका कर्मचारीहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव श्री महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझिलिनु भयो ।

रकम हस्तान्तरण गर्दै हिमानी कोषले कोभिड १९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सहि सदुपयोग होस् भन्ने हिमानी कोष र श्री ५ महाराजाधिराजको चाहना रहेको हिमानी कोषले जानकारी गराएको छ । यो राहत रकम हस्तान्तरणसँगै कोषले आगामी दिनमा कोभिड १९ विरुद्ध नेपालीलाई राहत र सहयोगको कार्य जारी राख्नेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार