हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारी गाउँपालिकाको घोषणा , चिया किसानलाई ५०% लागत साझेदारीमा उपकरण सहयोग गर्ने 

हल्दीबारी, असार ९ । हल्दीबारी गाउँपालिकाको १९औँ गाउँसभाले पालिका भित्र रहेका चिया किसानहरूलाई लक्षित गर्दै ५० प्रतिशत लागत साझेदारीमा कृषि उपकरण उपलब्ध गराउने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
गणतन्त्र स्थापना पछिका आठ वर्षपछि पहिलोपटक चिया किसानहरूको पक्षमा प्रत्यक्ष सहयोगको नीति लिएको गाउँपालिकाले सानो स्तरबाट भए पनि सहयोग सुरू गर्न लागेको जनाइएको छ।
हाल हल्दीबारी गाउँपालिकाभित्र २५०० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिक चिया खेती भइरहेको छ भने सातवटा चिया मिल सञ्चालनमा रहेका छन्।
गाउँपालिकाले विगत वर्षहरूमा कृषिलाई प्राथमिकतामा राख्दै विभिन्न सहयोग गर्दै आए पनि चिया किसानका माग सम्बोधन हुन नसकेको भन्दै आलोचना हुँदै आएको थियो। यसपटकको नीति तथा बजेट मार्फत चिया उत्पादन, प्रशोधन र यान्त्रिक प्रविधिमा पहुँच पुगोस् भन्ने उद्देश्यसहित उपकरण खरिदमा ५०% लागत साझेदारी गर्ने निर्णय गरिएको हो।
गाउँपालिकाले चिया क्षेत्रको विकासलाई दिगो बनाउनेतर्फ यो कार्यक्रम मार्गप्रशस्त हुने विश्वास व्यक्त गरेको छ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)