हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दीबारीका विद्यार्थीलाई राजेन्द्र लिङ्देनको शुभकामना: “डाक्टर, इञ्जिनियर बन्नु – तर भ्रष्ट भने नबन्नु”

हल्दीबारी, असार २०/ हल्दीबारी गाउँपालिकाका एसईई 2081 मा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरूलाई पूर्व उपप्रधानमन्त्री तथा पूर्व जलस्रोत तथा उर्जा मन्त्री राजेन्द्र लिङ्देनले बधाई तथा शुभकामना दिएका छन्।

Advertisement

विद्यार्थीहरूलाई उज्वल भविष्यको कामना गर्दै लिङ्देनले भने, “तपाईंहरू डाक्टर, इन्जिनियर वा जुनसुकै क्षेत्रमा अगाडि बढ्न सक्नुहोस् – तर राम्रो मान्छे बन्नुहोस्, इमानदार बन्नुहोस्, र भ्रष्ट भने कहिल्यै नबन्नुहोस्।”

Advertisement

उनको शुभकामना सन्देशले बालबालिकामा सकारात्मक प्रेरणा दिने विश्वास गरिएको छ। गाउँपालिकाका अभिभावक तथा शिक्षकहरूले लिङ्देनको संदेशलाई स्वागत गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)