समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बुद्धशान्तिमा फिजियोथेरापी सेवा सुरु, श्रावण १ देखि २४ सै घण्टा आपतकालीन सेवा

बुद्धशान्ति, झापा | बुद्धशान्ति गाउँपालिका–३ स्थित भागिरथा न्यौपाने बुद्धशान्ति अस्पतालमा फिजियोथेरापी सेवा सुरु गरिएको छ। आम नागरिकको माग, सुझाव र हालको आवश्यकता अनुसार यो सेवा सुरु गरिएको गाउँपालिका स्रोतले जनाएको छ।

Advertisement

त्यसैगरी, अस्पतालमा श्रावण १ गतेदेखि २४ सै घण्टा सेवा सञ्चालन गरिने भएको छ। गाउँपालिका, अस्पताल व्यवस्थापन समिति र सरोकारवालाको समन्वयमा यो सुविधा सुरु गर्न लागिएको हो।

Advertisement

गाउँपालिका अध्यक्ष मनोज प्रसाईंका अनुसार आवश्यक पूर्वाधार तयार पार्ने काम तीव्र गतिमा भइरहेको छ। “हामी नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिन कटिबद्ध छौं,” अध्यक्ष प्रसाईंले बताए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article