हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

१२ वर्षपछि सी जिनपिङको सत्ता हस्तान्तरणको संकेत? 

बेइजिङ – चीनका सर्वोच्च नेता सी जिनपिङले करिब बाह्र वर्षदेखि देशको शासन सम्हाल्दै आएका छन्। तर, हालैको राजनीतिक गतिविधिले उनी अब केही जिम्मेवारी सहकर्मीहरूलाई हस्तान्तरण गर्न थालेको देखिएको छ।

Advertisement

हङकङस्थित प्रतिष्ठित पत्रिका साउथ चाइना मर्निङ पोस्ट र चीनकै सरकारी समाचार एजेन्सी सिन्ह्वा का अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोले हालै नीति निर्माण र समन्वयका लागि नयाँ नियमहरू पारित गरेको छ।

Advertisement

जुन ३० मा पारित नियम अनुसार, अब पार्टीका समन्वय निकायहरूले नीतिगत छलफल, योजना निर्माण र कार्यान्वयनमा थप भूमिका खेल्नेछन्।

राजनीतिक विश्लेषकहरूका अनुसार, यो सी जिनपिङले दिनहुँको प्रशासनिक कामकाजबाट केही टाढा रहने संकेत हो। शिकागो विश्वविद्यालयका डाली याङ भन्छन्, “यो प्रणालीलाई व्यवस्थित बनाउने प्रयास हो, जसले सीको समय व्यवस्थापनमा सहयोग पुग्छ।”

तर, सबैले यसलाई गहिरो परिवर्तन मानेका छैनन्। क्यालिफोर्निया विश्वविद्यालयका भिक्टर शिका अनुसार, “शक्ति अझै पनि सी जिनपिङ वरिपरि नै घुम्छ। परिवर्तन सतही हुन सक्छ।”

हालसालै राष्ट्रपति सी दुई हप्तासम्म सार्वजनिक रूपमा नदेखिनु, र त्यसपछि पार्टीले यस्तो महत्वपूर्ण निर्णय लिनु, चिनियाँ राजनीतिक वृत्तमा बहसको विषय बनेको छ।

के राष्ट्रपति सी जिनपिङ अब उत्तराधिकारी तयार गर्दैछन्, वा यो केवल प्रशासनिक सुधारको एउटा चरण मात्र हो? यसबारे अझै प्रष्ट हुन बाँकी छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)