हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता १२ महिना अगाडि

१ लाख बराबरको शैक्षिक सामाग्री हस्तान्तरण: मिलिजुली र स्मृति प्रतिष्ठानको सामाजिक योगदान

असार, रुपन्देही । मिलिजुली सामाजिक प्रतिष्ठान तथा गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठानले संयुक्त रूपमा रुपन्देहीको देवदह नगरपालिका–११, कदमीपुरस्थित श्री शंकर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई करिब १ लाख रुपैयाँ बराबरको शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेका छन्।

Advertisement

एक समारोहबीच आयोजित कार्यक्रममा २०० जना विद्यार्थीहरूका लागि ८०० थान कापी, ५०० पेन, ५०० डटपेन, फुटबल, भलिबल, क्रिकेट सेट, क्यारमबोर्ड, लुडो, स्किपिङ डोरी र ब्याडमिन्टन लगायतका सामग्री वितरण गरिएको हो।

Advertisement

कार्यक्रममा प्रतिष्ठानकी संरक्षक रारा सैंजुको विशेष उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको थियो।
मिलिजुली प्रतिष्ठानका अध्यक्ष माधव शर्माका अनुसार, लामो समयदेखि प्रतिष्ठानले विपन्न बालबालिकाका लागि शैक्षिक सहयोग र गृहिणी महिलाहरूलाई सिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ।

कार्यक्रममा देवदह नगरपालिका–११ का वडा अध्यक्ष दूधनाथ यादव, विद्यालयका प्रधानाध्यापक रुपनारायण चौधरी, बेलहिया मावि व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, रेडक्रस बेलहिया उपशाखाका निवर्तमान सभापति सुमनकुमार शर्मा, गृहलक्ष्मी समूह बेलहियाकी संस्थापक अध्यक्ष देवी न्यौपाने, वर्तमान अध्यक्ष मञ्जु शर्मा रेग्मी, स्वयंसेविका सारिका शर्मा, सितल शाहीलगायतको उपस्थिति रहेको थियो ।

यस अभियानमा साउदी अरबबाट ज्ञान बहादुर लामा, ओमराज कवर मगर, सायला लिम्बू र सन्तोष लामाले कापी सहयोग गरेका थिए।
त्यस्तै, रारा सैंजु, कमल श्रेष्ठ, सुष्मा श्रेष्ठ, सोनिया चामलिङ राई, चक्रपाणी अर्याल, सुमन थापा, अजय पाण्डे, माधव शर्मा, पुर्णिमा श्रेष्ठ, सुवास श्रेष्ठ, सम्झना गौतम, शान्त कुमारी वाइबा र रेणु पाण्डेले आर्थिक सहयोग जुटाएका थिए।

कार्यक्रममा प्रतिष्ठानका कार्यसमिति सदस्य चक्रपाणी अर्याल, सिर्जना सुवेदी, रेणु पाण्डे र सिद्धार्थ गौतमको पनि उपस्थिति थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)