हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

सहारा नेपालका कर्मचारीमाथि अभद्र व्यवहार गर्ने दुईजनाविरुद्ध पक्राउ पूर्जी जारी

झापा/ सहारा नेपालका कर्मचारीमाथि अभद्र व्यवहार गरिएको घटनामा संलग्न दुईजनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ।

Advertisement

असार २८ गते मोरङको मिक्लाजुङस्थित मधुमल्ला सेवा केन्द्रअन्तर्गतका कर्मचारी रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछाने विश्वकर्मामाथि अपशब्द, गालीगलौज, हातपात र जुत्ताको माला लगाउनेजस्ता अपमानजनक व्यवहार गरिएको थियो।

Advertisement

घटनामा संलग्न भएको आरोपमा चन्द्रलाल मगरकी पत्नी माया मगर र नैनप्रसाद लिम्बूकी छोरी दुर्गा माया लिम्बूमाथि पक्राउ पूर्जी जारी गरिएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवका अनुसार उनीहरुलाई पक्राउ गर्न सादा पोशाकका प्रहरीले खोजी कार्य तीव्र पारेका छन्। तर हालसम्म दुबै जना फरार रहेको प्रहरीले जनाएको छ।

घटनापछि सहारा नेपालका केन्द्रीय कार्यालयले मंगलवार जिल्ला प्रशासन कार्यालय झापामा ध्यानाकर्षण पत्र बुझाएको छ। कार्यालयका उप–निर्देशक दिनेश निरौला तथा सञ्चालक समिति सदस्यसहितको टोलीले प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई घटनाबारे जानकारी गराउँदै आवश्यक सुरक्षा र कार्य सहजताका लागि पहल गर्न आग्रह गरेको हो।

सहारा नेपालको केन्द्रीय कार्यालय बिर्तामोड–२, चारपानेमा अवस्थित छ। झापामा मात्रै सेवा केन्द्र धेरै रहेका कारण यस्ता घटना दोहोरिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै संस्थाले कोशी प्रदेशका अन्य पाँच जिल्लामा पनि ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)