हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

झापा: फरार प्रतिवादी धरपकड, कैद र करोडौँ जरिवाना असुल

झापा । यस आर्थिक वर्ष २०८१/०८२ को अवधिमा जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतका प्रहरी युनिटहरुबाट फैसला कार्यान्वयनको क्रममा विभिन्न मुद्दामा फरार रहेका ५३४ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ।

Advertisement

पक्राउ परेकामध्ये ४६३ जना पुरुष, ७० जना महिला र १ जना यौनिक अल्पसंख्यक छन्। पक्राउ परेका सबैलाई सम्मानित झापा जिल्ला अदालतमा उपस्थित गराई, कैद असुल बाँकी रहेका प्रतिवादीलाई अदालतको आदेशअनुसार श्री कारागार कार्यालय झापा पठाइएको र जरिवाना मात्र बाँकी रहेका प्रतिवादीबाट जरिवाना असुल गरी छुटाइएको प्रहरीले जनाएको छ।

Advertisement

उक्त कारबाहीबाट हालसम्म जम्मा २४८ वर्ष १० महिना १४ दिन कैद सजाय र रु. ७,२७,२४,८२१.६६ (सात करोड सताईस लाख चौबीस हजार आठ सय एक्काईस रूपैयाँ छैसठ्ठी पैसा) जरिवाना असुल गरिएको छ।

प्रहरीको यो अभियान अन्तर्गत विभिन्न गम्भीर प्रकृतिका मुद्दामा फरार रहेका प्रमुख प्रतिवादीहरु पनि पक्राउ परेका छन्। तीमध्ये:

  • झापा, भद्रपुर नगरपालिका वडा नं. ८ निवासी ४८ वर्षीय खेमराज पोखरेल, जो सर्वोच्च अदालतको मिति २०८०।०७।१९ को फैसलाले जबरजस्ती करणी तथा हाडनाता करणी मुद्दामा १० वर्ष कैद सजाय पाई फरार रहेका थिए,
  • झापा, मेचिनगर नगरपालिका वडा नं. ७ निवासी ३२ वर्षीय प्रदिप राई, जसलाई उच्च अदालत विराटनगर इलाम इजलासले मिति २०७२।०३।१६ को फैसलाले जबरजस्ती करणी तथा जबरजस्ती चोरी मुद्दामा १० वर्ष कैद सजाय तोकेको थियो,
  • र झापा, बिर्तामोड नगरपालिका वडा नं. ८ निवासी ३० वर्षीय अमिर लगुन विश्वकर्मा, जसलाई उच्च अदालत पाटनको मिति २०८०।११।२९ को फैसलाले राजश्व चुहावट मुद्दामा १ वर्ष २ महिना १५ दिन कैद तथा रु. २,८४,५८,६०५ जरिवाना फैसला गरेको थियो, समेत पक्राउ गरिएको हो।

झापा प्रहरीले कानून कार्यान्वयनमा देखाएको यो सक्रियता नागरिकमा कानूनी चेतना अभिवृद्धि गर्ने तथा फरार अभियुक्त विरुद्धको कारबाहीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)