स्वास्थ्य
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा बिर्तामोडमा ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद, राजनीतिक आडमा कारोबार भएको आशंका

झापा, बिर्तामोड । झापाको बिर्तामोडमा प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित औषधिजन्य लागूऔषध बरामद गरेको छ।
बरामद औषधिहरूमा ट्रामाडोलजस्ता नशालु औषधि रहेका छन्, जुन बिना डाक्टरी सिफारिस प्रयोग गर्न नपाइने कडा नियन्त्रित औषधिमा पर्छ।

Advertisement

बरामद औषधिहरू व्यवसायी भानुभक्त खरेलको स्वामित्वमा रहेको गोदामबाट फेला परेको प्रहरीले जनाएको छ। खरेल बिर्तामोड–५ स्थित मंगलदीप टोलमा सनलाईट फर्मा नामक औषधि थोक विक्रेताको रूपमा परिचित छन्।

Advertisement

इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठले सञ्चारकर्मीहरूसँग कुरा गर्दै घटनाबारे अनुसन्धान जारी रहेको बताए। उनका अनुसार, औषधिको परिमाण अहिलेसम्मकै ठूलो हो, र यसबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत दिइने छ।

पक्राउ परेका २५ वर्षीय विनोद घिमिरे नामका एक जना कामदार छन्। घटनाका मुख्य अभियुक्त भनिएका खरेल भने समाचार तयार पार्दासम्म फरार छन्।

स्थानीय स्रोतका अनुसार, खरेलले १५ वर्षभन्दा लामो समयदेखि लागूऔषधको कारोबार गर्दै आएको बताइएको छ। उनीमाथि राजनीतिक संरक्षणका साथै प्रहरी निकायसँगको मिलेमतो रहेको आरोप पनि लागेको छ।

पछिल्ला वर्षहरूमा उनले औषधिको थोक बिक्रीको आवरणमा प्रतिबन्धित औषधिहरू काठमाडौं, पोखरा र नेपालगञ्जसम्म आपूर्ति गर्दै आएको अनुसन्धानमा देखिएको प्रहरी स्रोतको दाबी छ।

यसबीच, औषधिहरू इलामको पशुपतिनगर नाकामार्फत भारतबाट नेपाल भित्र्याइएको पाइएको छ। केरियर प्रणाली प्रयोग गरी दैनिक १० कार्टुनभन्दा बढी ट्रामाडोल ल्याइने गरेको विवरण सार्वजनिक भएको हो।

विश्लेषकहरू भन्छन्, यस प्रकारका घटनाहरूले सार्वजनिक स्वास्थ्य र सुरक्षाप्रति गम्भीर प्रश्न उठाउँछन्। साथै, कानुनी निकाय र राजनीतिक संरचना भित्रको सम्भावित मिलेमतोबारे गहिरो छानबिन आवश्यक देखिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article