हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता १२ महिना अगाडि

न्युटन्स एजुकेशन एकेडेमीमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

बिर्तामोड, झापा । बिर्तामोडस्थित न्युटन्स एजुकेशन एकेडेमीले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ।

Advertisement

विद्यालयमा आयोजित कार्यक्रममा अभिभावक संघका अध्यक्ष नरेश भट्टराईको अध्यक्षता रहेको थियो भने बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष किशोरकुमार पौड्याल प्रमुख अतिथि थिए।

Advertisement

कार्यक्रममा प्लस टु कोअर्डिनेटर केवल सापकोटाले स्वागत मन्तव्य दिँदै विद्यालयको आचारसंहिता र नियमबारे अभिभावक तथा विद्यार्थीलाई जानकारी गराएका थिए।

विद्यार्थी रूवि पाठकले स्वागत गीत प्रस्तुत गरेकी थिइन् भने कक्षा १२ का विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। प्लस टु तहका शिक्षकहरूले आफुले पढाउने विषयबारे जानकारी गराएका थिए।

विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले विद्यालयका संस्थापक हरिकुमार प्रसाईले देखाएको बाटोमा हिँड्ने प्रतिबद्धता जनाउँदै शिक्षामा सबैको जिम्मेवारी आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा त्रिदेव क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरि घिमिरे, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यलगायतले विद्यार्थीहरूलाई शुभकामना दिएका थिए।

विद्यालयद्वारा तयार गरिएको मोबाइल एपबारे जानकारी दिइएको कार्यक्रमको सञ्चालन शिक्षक पवित्रा पौडेलले गरेकी थिइन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)