हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

बाङ्ग्लादेशमा वायुसेनाको विमान स्कुलको भवनमा ठोक्किँदा: १९ मृत, सयौं घाइते

ढाका, बाङ्ग्लादेश । सोमवार अपराह्ण बाङ्ग्लादेश वायुसेनाको तालिम प्रयोजनका लागि प्रयोग हुने एउटा विमान राजधानी ढाकास्थित उत्तराको माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किँदा कम्तीमा १९ जनाको ज्यान गएको छ। बीबीसी बाङ्ग्लाले उद्धृत गरेको रिपोर्टअनुसार दुर्घटनामा १०० जनाभन्दा बढी घाइते भएका छन्।

Advertisement

वायुसेनाले उक्त विमान तालिमका क्रममा रहेको पुष्टि गरेको छ। विमानको आकस्मिक नियन्त्रण गुमेपछि विद्यालयको भवनमा ठोक्किएको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ।

Advertisement

घटनापछि उद्धारमा दमकलका कर्मचारी, प्रहरी र स्वयंसेवकहरू सक्रिय रुपमा खटिएका छन्। घाइतेमध्ये धेरैजसो माइलस्टोन स्कूल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरू रहेका छन्। तीमध्ये ७३ जनाको शरीर जलेको अवस्थामा अस्पतालमा भर्ना गरिएको छ।

बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुखका सहयोगी प्राध्यापक सयेदुर रहमानले हताहत हुनेको सङ्ख्या पुष्टि गरेका छन् र घटनालाई “गम्भीर मानवीय क्षति” भएको बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)