हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भोक कविता आन्दोलन २ “रक्ताम्य मेरो देशू ” :देवेन्द्रकिशोर ढुंगाना

हामी घरभित्र छौ,
सडक ढुकेर नबस,
हामी सिरकभित्र छौ,
कोरोना(तिमी काल बनेर नसल्क,
अझै पनि हामी यातनागृहमा छौ,
हामीलाई खुल्ला शिविरबाट
नधम्काऊ,
तिम्रो मुठ्ठीभित्रको
पराधिन भएर बाँच्न सक्दैनौ
हामी अब इस्पातको मान्छे
भएका छौ ।
आज गाउँ र बस्तीहरु सुनसान छ,
चट्टान जस्तै दृढ(नीर्भिक देखिन्छ
मान्छेहरु अवैध हतियार तेर्साएर,
भोकको कोलाहलमा
रुपान्तरित हुँदैछन ,
रक्ताम्य भएको
मेरो गाउँ र बस्ती,
भोक र महामारीको चपेटमा परेर
हामी नयाँ साँचोमा ढल्दै छौ ।
हाम्राओठहरुमा ताल्चा झुण्डाएर,
तिमी भन्छौ(युगको गीत गाऊ,
हाम्रा आस्थाहरु माथी
प्रतिबन्ध लगाउदै,
अनि तिमीले हातहरुमा
हत्कडी लगाई दिएका छौ ।
हामी युगीन गीत गाउन सक्दैनौ,
हामी इतिहास लेख्न सक्दैनौ,
चुपचापआगोहरुओकल्न सक्छौ
एकै छिन पर्ख,
भाले बास्योविहान हुँदैछ,
देश र जनता युगनायक बन्दै छन,
रातो घामको आगमन हुँदैछ ।
भद्रपुर,झापा

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)