हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

बिर्तामोडमा चिया पसलभित्र जुवा तास: नगदसहित ८ जना अभियुक्त पक्राउ

झापा, २०८२ साउन २२ गते । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा  २०८२ साउन २१ गते साँझ ७:०० बजे झापा जिल्ला बिर्तामोड नगरपालिका–५ ट्राफिक बिट छेउस्थित सरोज श्रेष्ठको घरमा सञ्चालित गोपाल श्रेष्ठको चिया/नास्ता पसलमा जुवा खेलिरहेको अवस्थामा ८ जना व्यक्तिलाई पक्राउ गरेको छ।

Advertisement

प्रहरी टोलीले छापा मार्दा १२ बुङ तास (खोलिएको ६ बुङ, नखोलिएको ६ बुङ) र नगद रू. १,१४,५५५।– (एक लाख चौध हजार पाँच सय पचपन्न) बरामद गरेको हो।

Advertisement

पक्राउ परेका अभियुक्तहरू यस प्रकार छन्:
१. तिर्थराज तामाङ (३८ वर्ष) – इलाम न.पा.–९ गोलाखर्क, हाल बिर्तामोड–५, धिमाल चोक
२. कुशल गुरुङ (३२ वर्ष) – देउमाई न.पा.–१, बरबोटे, हाल अर्जुनधारा–११, बसपार्क
३. भूपाल कुमार कटुवाल (४२ वर्ष) – याङबरक गा.पा.–२, थेचङगु, हाल बिर्तामोड–६, स्यालडाँगी
४. मन कुमार कटुवाल (२९ वर्ष) – हिलिहाङ गा.पा.–८, भारपा, हाल बिर्तामोड–५, किराँत चोक
५. हम बहादुर थापा (४९ वर्ष) – फिदिम न.पा.–४, थापाटार, हाल बिर्तामोड–५, सगरमाथा टोल
६. गोपाल श्रेष्ठ (५१ वर्ष) – धरमपुर गा.वि.स.–२, हाल बिर्तामोड–५, बसपार्क
७. सुजन श्रेष्ठ (३५ वर्ष) – पाँचथर न.पा.–३, लालिखर्क, हाल बिर्तामोड–६, बुट्टाबारी
८. ध्रुव श्रेष्ठ (३५ वर्ष) – हिलिहाङ गा.पा.–७, धारपा, हाल बिर्तामोड–५, बसपार्क

पक्राउ परेका सबै अभियुक्तहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को जुवा सम्बन्धी कसूरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट ४ दिनको म्याद लिइएको र हाल आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)