हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

हल्दिबारीमा धार्मिक पर्वसँगै पर्यावरण संरक्षण: स्वर्गद्वारी मन्दिर परिसरमा वृक्षारोपण र सामूहिक स्नान

झापा, हल्दिबारी | जनैपूर्णिमा तथा रक्षा बन्धनको पावन अवसरमा स्वर्गद्वारी शिवलय मन्दिर परिसर आज हरियाली र धार्मिक उल्लासले भरियो। मन्दिर व्यवस्थापन समितिको आयोजनामा ५० थान आपको बिरुवाहरू रोपण गरिएका छन्।

Advertisement

सव-डिभिजन वन कार्यालय, रंगेडाँडाबाट उपलब्ध गराइएका बिरुवाहरू रणकाली सामुदायिक वनको सक्रिय सहयोगमा रोपण गरिएको समितिका अध्यक्ष गोविन्द बोहोराले जानकारी दिए। उनका अनुसार, यस अभियानको उद्देश्य मन्दिर क्षेत्रको वातावरण संरक्षण मात्र नभई भावी पुस्तामा हरियालीको महत्वबारे सन्देश प्रवाह गर्नु हो।

Advertisement

पवित्र अवसरलाई अझ अर्थपूर्ण बनाउन स्थानीय देउनिया खोलामा सामूहिक स्नान कार्यक्रम पनि सम्पन्न गरिएको थियो। स्नान कार्यक्रमका क्रममा पण्डित अर्जुन कुमार भट्टराईले जनैपूर्णिमाको धार्मिक, सामाजिक र सांस्कृतिक महत्वबारे उपस्थित भक्तजनलाई मन्तव्य दिएका थिए।

कार्यक्रममा विभिन्न क्षेत्रका अग्रज सामाजिक व्यक्तित्वहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। अध्यक्ष बोहोराले वृक्षारोपण तथा स्नान कार्यक्रमलाई सफल बनाएकोमा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्दै, “हरियाली र संस्कार दुवैको रक्षा हाम्रो सामूहिक जिम्मेवारी हो,” भन्ने सन्देश प्रवाह गरिएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)