झापा, २५ साउन । जिल्ला झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्ने स्थित मेची राजमार्ग खण्डमा बुधबारे प्रहरी टोलीले इलामबाट झापा तर्फ आउँदै गरेको सवारीसाधनमा अबैध मदिरा बरामद गरेको छ।

चेकजाँचका क्रममा प्रहरीले SIKKIME GOLD MELON BRANDY नामक १८० पिस (१५ कार्टुन) मदिरा बरामद गरेको जनाएको छ। बरामद भएको मदिराको मूल्य करिब रु. ६१ हजार ६ सय ३२ रहेको छ।

यस सम्बन्धमा प्रहरीले उक्त मदिरा आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भद्रपुर झापामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।