हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

मेचीनगरमा मोबाइल पार्ट्स तस्करीसहित चालक र गाडी नियन्त्रणमा

झापा, साउन २७ । झापाको मेचीनगर नगरपालिका–६ भन्सार गेट अगाडि प्रहरीले ठूलो परिमाणमा मोबाइलको पार्ट्स नियन्त्रणमा लिएको छ।

Advertisement

अन्दाजी दिउँसो ३:३० बजे इप्रका काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको सिलिगुडीस्थित शिबनगर कॉलोनीका २८ वर्षीय राज ठाकुरले चलाइरहेको WB 26KO746 नम्बरको गाडी चेकजाँच गर्दा भन्सार छली लुकाएर ल्याइएका विभिन्न मोबाइलका पार्ट्स भेटिएको प्रहरीले जनाएको छ।

Advertisement

गाडीको पछाडिको डिक्कीमा लुकाइएका सामानमा ४१ पिस ‘आइफोन ग्लास’, ४१ पिस ‘आइफोन एलसिडी (GX)’, २८ पिस ‘आइफोन एलसिडी’, २३० पिस ‘एन्ड्रोइड एलसिडी’, ३६ पिस ‘एन्ड्रोइड कभर ग्लास’, २ पिस ‘आइफोन टच’, २ पिस ‘ट्याब टच’, ५८ पिस ‘आइफोन ब्याट्री’, १९० पिस ‘एन्ड्रोइड ब्याट्री’, ११० पिस ‘एन्ड्रोइड एलसिडी मिडन्याङ्क’, १५ पिस ‘एनसेल आइफोन एलसिडी’ र १७ पिस ‘एन्ड्रोइड एलईडी’ रहेका छन्।

यी सामानको कुल मूल्य करिब १४ लाख ३० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको गाडी, चालक र सामानलाई साँझ ५:३० बजे आवश्यक कारबाहीका लागि मेचि भन्सार कार्यालय पठाइएको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)